देशका धेरै ठाउँमा ठूलो पानी, अबको एक हप्ताभरि नै पानी पर्ने

देशका धेरै ठाउँमा ठूलो पानी, अबको एक हप्ताभरि नै पानी पर्ने

२८ जेठ, काठमाडौं ।

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा ठूलो पानी परेको छ । केही ठाउँमा अहिले पनि मेघगर्जनसहित पानी पर्दै छ भने केही ठाउँमा रोकिएको छ ।

मौमसविद्ले यो हप्ताभरि नै पानी पर्ने पूर्वानुमान गरेका छन् । अबको एक हप्ताभरि नै देशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ ।

जल तथा मौसम विज्ञान विभागले अबको केही दिनभित्रै नेपालमा मनसुन भित्रिने जनाएको छ । आज सूचना निकालेर विभागले मनसुन पूर्वी नेपालबाट भित्रिने र आउँदो हप्ताभरि देशका धेरैजसो ठाउँहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने जनाएको हो ।

हप्ताको मध्य तथा अन्त्यतिर प्रदेश–१, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक÷दुई ठाउँमा मेघगर्जन÷चट्याङ्गसहित ठूलो वर्षाको सम्भावना छ । केही उच्च पहाडी र हिमाली ठाउँमा हिमपात पनि हुने विभागले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.