लुम्बिनीमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जसपाको ह्वीप

लुम्बिनीमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जसपाको ह्वीप

३० जेठ, बुटवल ।

जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश संसदीय दलले सरकारले पेश गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रम समयसापेक्ष र जनपक्षीय नरहेको भन्दै जसपा संसदीय दलकी प्रमुख सचेतक पूरमति ढेंगा मगरले पार्टीका ६ जना सांसदहरुलाई पत्र पठाइ विपक्षमा मतदान गर्न ह्वीप जारी गरेकी हुन् ।

प्रदेश प्रमुख धर्मनाथ यादवले जेठ २५ गते प्रदेशसभामा नीति तथा कार्यक्रम पेश गरेको थिए । सो नीति तथा कार्यक्रमको आइतबार बस्ने प्रदेश सभामा पारित गर्ने कार्यसूची छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.