३१ जेठ, काठमाडौँ ।
सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको सांसद पद खारेज गर्न आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले थापालाई सांसद पदमा थमौती गर्ने यसअघिको अन्तरिम आदेश खारेज गरेको हो ।
‘यस अवस्थामा विपक्षी निवेदक थापालाई जेठ २३ मा जारी भएको अन्तरिम आदेशको कार्यान्वयमा हाल आवश्यकता र उपयुक्तता रहरहेको नदेखिँदा सो मितिमा जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिरहन नगरी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(७) बमोजिम खारेज गरिदिएको छ, अरु नियमानुसार गर्नु !’ अदालतको आदेशमा भनिएको छ।