१ असार, सुर्खेत ।
नेकपा एमालेले कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने भएको छ ।
एमाले संसदीय दलको आज बसेको बैठकले संसदमा आज पास गर्न लागिएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । बैठकमा १६ जना सांसद सहभागी भएका थिए ।
आज दिउँसो ४ बजे आर्थिम मामिला तथा योजनामन्त्री गोपाल शर्माले संसदमा बजेट पेश गर्ने कार्यतालिका रहेको छ ।