मेलम्चीको होटेलमा फसेका दुईजनाको सेनाको हेलिकप्टरबाट उद्धार

मेलम्चीको होटेलमा फसेका दुईजनाको सेनाको हेलिकप्टरबाट उद्धार

२ असार, मेलम्ची ।
मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्चीको रोज होटलमा फसेका दुई युवाको उद्धार गरिएको छ।

बाढीले घर पुरिएपछि होटेलको छतमा रहेका दुई युवाको नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।

मंगलबार बेलुकीदेखि चलेको बाढी र पहिरोमा हराइरहेका झण्डै ५० मध्ये दुई जनाको शव फेला परेको छ। ​बाढी र पहिरोग्रस्त क्षेत्रमा स्थलमार्गबाट उद्धार गर्न जानसक्ने स्थिति छैन।

बाढी र पहिरोको चपेटामा फसेकालाई उद्धार गर्न तथा पीडित कहाँ राहत पुर्‍याउन सुरक्षा निकाय र निजी वायुसेवा कम्पनीसँग रहेका हेलिकोप्टर परिचालन भएको छ।

बाढीमा फसेकाहरुको उद्धार कार्य जारी रहेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.