उद्धार एवं राहतको व्यवस्था मिलाउन पूर्व राजा शाहको आग्रह

उद्धार एवं राहतको व्यवस्था मिलाउन पूर्व राजा शाहको आग्रह

३ असार, काठमाडौं ।

पूर्व राजा ज्ञानेन्द्र शाहले बाढी पहिरो प्रभावितको उद्धार एवं राहतको व्यवस्था मिलाउन आग्रह गर्नु भएको छ । सामाजिक सञ्जाल ट्वीटरमा उहाँले प्राकृतिक विपत्तिको न्यूनीकरणमा सबै मिलेर अघि बढ्नु पर्ने बताए ।

कोभिड–१९ को महामारीबाट देश आक्रान्त भइरहेको समयमा फेरि बाढी, पहिरो, नदीकटान जस्ता प्राकृतिक विपत्ति आइपरेको भन्दै पूर्व राजा शाहले यस्तो बेलामा सबै मिलेर महामारी र प्राकृतिक विपत्तिको न्यूनीकरण गर्नेतर्फ जिम्मेवार बन्नुपर्ने उल्लेख गरेका छन् ।

उनले हिमाल, पहाड र तराईका धेरै जिल्लामा जनधन तथा भौतिक निर्माणमा क्षति भएको एवं ग्रामीण तथा सहरी बस्तीका स्थानीय बासिन्दाको उठीबास भएको खबरले आफूलाई दुःखित तुल्याएको उनले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.