३ असार, काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । दिउँसो २ बजेका लागि डाकिएको बैठक साढे ३ बजे मात्र सुरु भएको हो ।
बैठक डाकेको समय अगावै नेताहरू सानेपा पुगेपनि सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलपक्ष छुट्टाछुट्टै छलफलमा बसेपछि बैठक ढिला सुरु भएको हो ।
आजको बैठकले शनिबार पदाधिकारी बैठकबाट संशोधन गरिएको महाधिवेशन कार्यतालिका थप संशोधनसहित पारित गर्ने एक नेताले जानकारी दिए ।
देशका विभिन्न जिल्लामा बाढी पहिरोले ल्याएको विपत्ति र समयमायिक राजनीतिका विषयमा पनि छलफल हुनेछ ।