चीनसँगको नाका रसुवागढी जोड्ने सडक पहिरोले अवरुद्ध

चीनसँगको नाका रसुवागढी जोड्ने सडक पहिरोले अवरुद्ध

४ असार, रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक पहिरोले बन्द भएको छ ।

रसुवाको धुन्चेदेखि रसुवागढीसम्म चार ठाउँमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

धुन्चे–स्याफ्रु सडक खण्ड अन्तर्गत त्रिशूली खोलामा र चिलिमे जलविद्युत् आयोजना नजिक पहिरो खसेको छ ।

त्यस्तै ठूलो भार्खुमा पहिरोले ग्याविनवाल नै बगेको छ । स्याफ्रु–रसुवागढी सडक खण्डमा लिङलिङमा झरेको पहिरो पन्छाउने काम अझै सकिएको छैन ।

हिजो ब्लास्टिङ गरेर ठूलो ढुङ्गा फुटाइएको भए पनि हटाउने काम आज मात्र गरिने जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.