बाढी पहिरोका कारण पाँच दिनमा १६ को मृत्यु, २२ जना बेपत्ता

बाढी पहिरोका कारण पाँच दिनमा १६ को मृत्यु, २२ जना बेपत्ता

५ असार, काठमाडौं ।
मनसुन सुरु भएसंगै आएको बाढी, पहिरो र डुबानमा परी पछिल्लो पाँच दिनमा १६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक र डोटीमा तीन–तीन तथा सप्तरी, काभ्रे, गोरखा, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, प्युठान जुम्ला र बाजुरामा एक–एक जना रहेका गृह मन्त्रालयले जनाएको छ ।

प्रकोपमा परेर २२ जना सम्पर्कविहीन र १६ जना घाइते भएका छन् । बाढी, पहिरो र डुबानमा परी अहिलेसम्म १६ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तीमध्ये १० पुरुष चार महिला र दुई बालिका छन् ।

बेपत्ता भएका २२ मध्ये २० जना सिन्धुपाल्चोकमा छन् । बाजुरा र रूपन्देहीमा एक–एक जना बेपत्ता रहेका छन् । वेपत्ताको खोजी कार्य जारी रहेको जनाइएको छ ।

बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ९४ र सल्यानबाट आठ जना गरी १०२ जनाको उद्धार भएको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.