फेरि पनि सभापति बनेर पार्टीलाई सबैभन्दा ठूलो बनाउँछु : देउवा

फेरि पनि सभापति बनेर पार्टीलाई सबैभन्दा ठूलो बनाउँछु : देउवा

५ असार, काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो महाधिवेशनपछि आफू फेरि पनि सभापतिमा दोहोरिने बताए ।

आफू निकटका केही नेताहरुसँगको छलफलमा सभापति देउवाले संशोधित कार्यतालिका अनुसार महाधिवेशन हुने र आफू फेरि पनि सभापतिमा लड्ने बताएका हुन् ।

आफ्नै कार्यकालमा ३ तहको चुनाव भएको र प्रतिनिधिसभामा लोकप्रिय मत सबैभन्दा बढी पाएको भए पनि कम जितेको भन्दै उनले आफूले सभापति उठेर जित्ने बताएका हुन् ।

पार्टीमा धेरै काम गर्न बाँकी रहेकाले फेरि सभापतिमा दोहोरिन चाहेको भन्दै उनले अब पार्टीलाई देशकै सबैभन्दा ठूलो पार्टी बनाउनेतिर लाग्ने बताए । छलफलमा नेताहरु मीन विश्वकर्मा, सुनिल थापा, ज्ञानेन्द्रबहादुर कार्की, डा. डिला संग्रौला, सुजाता परियारलगायत नेताहरु सहभागी थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.