जब पर्‍यो राति अनि बुढी ताती नहोस् : बाबुराम भट्टराई

जब पर्‍यो राति अनि बुढी ताती नहोस् : बाबुराम भट्टराई

५ असार, काठमाडौं ।

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) नेपालका संघिय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले देशभर पहिरोले नदीहरू थुनिएर बाढीडुवानको गम्भीर समस्या पैदा हुने खतरा भएकाले सबै तहका राज्यका अंगवीच समन्वय कायम गरेर वेलैमा क्षतीन्यूनीकरणको व्यवस्था गर्न माग गरेका छन् ।

उनले सरकारप्रति व्यङ्ग्य गर्दै जब पर्यो राति अनि बुढी ताती नहोस् भनेका छन् ।

‘तामाकोशी, मर्स्यांग्दी,जोगबुडा लगायत देशैभर पहिरोले नदीहरू थुनिएर बाढीडुवानको गम्भीर समस्या पैदा हुने खतरा भएकाले सबै तहका राज्यका अंगवीच समन्वय कायम गरेर वेलैमा क्षतीन्यूनीकरणको व्यवस्था होस्।,’ भट्टराईले ट्विट गर्दै भने, ‘जब पर्यो राति अनि बुढी ताती नहोस्। मेलम्ची क्षेत्रको महाविनाश र विपत्तिबाट पाठ सिकियोस !’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.