पहिरोले थुनिएको तामाकोसी खुलाउन चिनियाँ टोली परिचालन

पहिरोले थुनिएको तामाकोसी खुलाउन चिनियाँ टोली परिचालन

५ असार, काठमाडौं ।

पहिरोले थुनिएको तामाकोसी नदीको सहायक रोङ्सी खोला खुलाउन चिनियाँ टोली परिचालन भएको छ । तिङ्ग्री काउन्टीनजिकै खसेको पहिरोले रोङसी खोला थुनिए पछि ताल बनेको छ ।

चिनियाँ टोलीले यसलाई चरणबद्ध रुपमा खुलाउने प्रयास गरिरहेका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । रोङ्सी खोला सामान्य अवस्थामा आउन समय लाग्ने भएकाले जोखिम कायमै रहेको उनले बताए ।

खोलाबाट बाढी आउन सक्ने आकलन गर्दै माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको जलाशयबाट पानी छाडिएको छ ।

तामाकोसीको बाँध ५ हजार घनमिटरको बाढी थेग्न सकिने गरी निमार्ण गरिएको छ । तामाकोसीको तटीय क्षेत्रमा बस्नेलाई सुरक्षित ठाउँमा जान जिल्ला प्रशासन कार्यालय दोलखाले आग्रह गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.