सक्षम नेतृत्व कांग्रेसलाई चाहिएको छ : रामचन्द्र पौडेल

सक्षम नेतृत्व कांग्रेसलाई चाहिएको छ : रामचन्द्र पौडेल

५ असार, काठमाडौं ।

नेपाली काँङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सङ्कटको सामना गर्न सक्ने नेतृत्व पार्टीलाई चाहिएको बताएका छन् । स्थानीय तह र अस्पताललाई स्वास्थ्य सामग्री वितरण गर्न आज आयोजित कार्यक्रममा उनले सक्षम नेतृत्व काङ्ग्रेसलाई आवश्यक रहेकामा जोड दिए ।

“मुलुक दुई धु्रवमा विभाजित छ, लोकतन्त्र पक्षधर एकजुट भएर अगाडी बढ्नुपर्छ । सहकार्य गर्न आउनेलाई साथमै लिएर लैजान तयार छौ,” उनले भने, “हामीसँग कोही मिल्न आउँछन् भने उनीहरुलाई टाढा बनाउन आवश्यक छैन ।” वरिष्ठ नेता पौडेलले राजनीति अप्ठ्यारो परिस्थितिबाट गुज्रिएको बताए ।

सो अवसरमा उनले तनहुँका दश र लमजुङका एक स्थानीय तहलाई करिब रु ३५ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो । सबै पालिकालाई एक÷एक थान अक्सिजन कन्सन्ट्रेटर सहित फेसशिल्ड, मास्क, पिपिई लगायतका सामग्री हस्तान्तरण गरिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.