६ असार, काठमाडौं ।
कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एकसाता लम्बाइएको छ ।
उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।
थप गरिएको निषेधाज्ञा असार १४ गते मध्यरातसम्म लागु हुनेछ । संक्रमण उल्लेखनीयरुपमा नघटेको निष्कर्ष निकाल्दै जारी निषेधाज्ञालाई थप गर्ने निर्णय गरेको हो ।