९ असार, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सर्वोच्च अदालतको फैसला हुबहु मिलेको दाबी गर्दै आश्चर्य व्यक्त गरेका छन्।
सर्वोच्चते मंगलबार कामचलाउ प्रधानमन्त्रीमा परिणत भइसकेका केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठन बदर गरिदिएको थियो । सोही सन्दर्भमा प्रेस सल्लाहकार थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रचण्डले हिजो गरेको भाषण र सर्वोच्चको आजको फैसलामा हुबहु ? माधव–ंरावलका वक्तव्य र भाषण श्रीमान् राउतको फैसलामा हुबहु ? यो के भएछ ?’
उनले यसअघि भनेका छन्, ‘देउवालाई २०७४ अधिकार थियो,अहिले ओलीलाई छैन ? प्रतिष्ठा कायम रहोस्,बस ! मन्त्री बनाउने,कार्यविधि र नियमावली बनाउने अधिकार अब सर्वोच्चकै हो र ?’
मंगलबार सर्वोच्चले २० जना मन्त्रीलाई पदमुक्त गरेको थियो ।