दबाबमा देउवाः सजिलो छैन नेतृत्वमा दोहोरिन

दबाबमा देउवाः सजिलो छैन नेतृत्वमा दोहोरिन

१० असार, काठमाडौं ।

’पार्टीलाई एक नम्बरको बनाउन र मुलुकको तरल राजनीतिलाई निकास दिन पनि म नै अगाडि बढ्नुपर्ने भयो ।

कांग्रेसलाई मेरै नेतृत्वमा पहिलो पार्टी बनाउँछु, तपाईंहरुले सहयोग गरिदिनुपर्छ ।’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट केन्द्रीय सदस्यहरुसँग पार्टी नेतृत्वमा दोहोरिने इच्छासहित यसरी नै सहयोग माग्दै आएका छन् ।

पार्टी उपसभापतिको जिम्मेवारी रहेका विमलेन्द्र निधिले पनि नेतृत्वका लागि आकांक्षा देखाएपछि सभापति देउवा झन्डै ४० वर्ष लामो सम्बन्ध तोड्दै अघि बढ्ने रणनीतिमा देखिएका छन् ।

निधिलाई मात्र होइन, पुरानो टिमलाई एकजुट बनाएर अघि बढाउन निकटहरुको निरन्तरको आग्रहपछि देउवामाथि दबाब परेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.