निजी आवास पुनर्निर्माण सम्पन्न गर्ने मिति आउँदो कात्तिकसम्म थपियो

निजी आवास पुनर्निर्माण सम्पन्न गर्ने मिति आउँदो कात्तिकसम्म थपियो

१० असार, काठमाडौं ।

भूकम्पबाट भत्किएका निजी आवास पुनर्निर्माण सम्पन्न गर्ने मिति आउँदो कात्तिकसम्म थपिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको प्राधिकरणको निर्देशक समितिको बैठकले यसै आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएका निजी आवास लगायतका पुनर्निर्माणका काम २०७८ कार्तिक मसान्तसम्ममा सम्पन्न गर्ने निर्णय गरेको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले यथासम्भव न्यून जनशक्ति परिचालन गरी आर्थिक वर्ष २०७८÷०७९ को पहिलो चौमासिकभित्र बाँकी काम सम्पन्न गरिने र अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तथा हस्तान्तरणका कामलाई एकैसाथ अघि बढाइने जानकारी दिए ।

बैठकले निर्माण कार्य सम्पन्न गरेका तर सुरक्षित घरको मापदण्ड पूरा गर्न नसकेका निजी आवासका लाभग्राहीलाई सम्बन्धित पालिकामार्फत सम्भव भएसम्म सुधार गराउने गरी अनुदानको बाँकी किस्ता रकम उपलब्ध गराउन पनि प्राधिकरणलाई निर्देशन दिएको छ ।

बैठकले नेपालको पुनर्निर्माणसम्बन्धी प्रस्तावित अन्तराष्ट्रिय सम्मेलन आउँदो मङ्सिर २१ देखि २३ गतेसम्म आयोजना गर्न स्वीकृति दिएको छ । त्यसैगरी बैठकले निजी आवास पुनर्निर्माणमा खटिएका इन्जिनियरलाई यसअघि गरिएको समझदारीअनुसार सञ्चार तथा यातायात खर्च र दुर्गम भत्ता उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.