एमाले स्थायी कमिटि बैठक जारी

एमाले स्थायी कमिटि बैठक जारी

१३ असार, काठमाडौं ।
नेकपा (एमाले)को स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ।

यसअघि पटकपटक स्थगित भएको बैठक आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको हो।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा पछिल्लो विकसित राजनीतिक घटना र पार्टीको आन्तरिक जीवन छलफलका विषय हुन्।

पाँच दलीय गठबन्धनले पछिल्लोपटक सम्पादकहरु र पत्रकारहरुसँग निरन्तर संवाद गरेपछि एमालेको स्थायी कमिटी बसेको हो। यसो त सरकार संकटमा परेको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।

जारि बैठकमा एमालेको ओली खेमाका स्थायी कमिटि सदस्यहरु मात्रै सहभागी छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.