असार १६ गतेका लागि एमालेले बोलायो दशौँ महाधिवेशन आयोजक कमिटी बैठक

असार १६ गतेका लागि एमालेले बोलायो दशौँ महाधिवेशन आयोजक कमिटी बैठक

१३ असार, काठमाडौं ।
नेकपा एमालेले दशौँ महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ ।

बिहान बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले आउँदो बुधवार १६ गते आयोजक कमिटी बैठक बस्ने निर्णय गरेको हो ।

आजको बैठकमा नेता माधवकुमार नेपाल पक्ष विपक्षी गठबन्धनमा लागेकोबारे पनि छलफल भएको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।

बैठकको निर्णयबारे जानकारी गराउँदै प्रवक्ता ज्ञवालीले पछिल्लो राजनीतिक अवस्था, कोरोना महामारी नियन्त्रण र राष्ट्रिय राजनीतिबारे समेत छलफल भएको बताए ।

एमालेको खनाल–नेपाल समूहले पार्टी एकताका लागि २०७५ जेठ २ को अवस्थामा पार्टी कमिटीको बैठक बोलाउनुपर्ने माग गरिरहेको छ । तर अध्यक्ष केपी शर्मा ओलीले भने दशौँ महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका हुन् ।

सर्वोच्च अदालतलेसमेत आयोजक कमिटीलाई नचिन्ने भन्दै कमिटीले गरेको कारबाहीको निर्णय वैधानिक नहुने अन्तरिम आदेश दिइसकेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.