गण्डकीका २ मन्त्रीले पाए मन्त्रालय, मनाङेले अझै पाएनन्

गण्डकीका २ मन्त्रीले पाए मन्त्रालय, मनाङेले अझै पाएनन्

१३ असार, पोखरा ।

गण्डकी प्रदेश सरकारका २ मन्त्रीलाई जिम्मेवारी तोकिएको छ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसबाट मन्त्री बनेका कुमार खड्कालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् भने माओवादी केन्द्रबाट मन्त्री बनेकी मधुमाया अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

अधिकारीले पदभार ग्रहण गरिसकेकी छन् भने खड्काले पदभार ग्रहण गर्न बाँकी छ ।

४ मन्त्रीमध्ये जनता सामाजवादी पार्टी (जसपा)का हरिशरण आचार्य र स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङेलाई भने जिम्मेवारी दिइएको छैन । आन्तरिक विवादका कारण मन्त्रालय बाँडफाँडमा समस्या आएको स्रोतले बतायो ।

नेकपा एमालेका पृथ्वी सुब्बा गुरुङले प्रदेश सभामा विश्वासको मत गुमाएपछि नेपाली कांग्रेसका पोखरेल जेठ २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए। जेठ २९ गते नै मुख्यमन्त्री पोखरेलसँगै ४ जना मन्त्रीले शपथ ग्रहण गरेका थिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.