आज प्रदेश-१ र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आज प्रदेश-१ र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

१४ असार, काठमाडौं ।

आज देशका धेरैजसो ठाउँमा बद्ली भएर सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको छ ।

देशभर नै मनसुनी वायुको प्रभाव रहेको र त्यसैको प्रभावले मौसम बद्ली हुने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । प्रदेश–१ र गण्डकी प्रदेशका केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डौ उपत्यकामा पनि मौसम बद्ली भएर सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् अर्यालले जानकारी दिए ।

पर्सि बुधवारदेखि भने मनसुनी न्यूनचापीय रेखा नजिक आएर मनसुन थप सक्रिय भइ देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् अर्यालले जानकारी दिए । बुधवार थप सक्रिय हुने प्रणालीका कारण बिहिवारदेखि केही दिन देशका धेरै ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.