६ जिल्लाका सिडिओको सरुवा

६ जिल्लाका सिडिओको सरुवा

१६ असार, काठमाडौं ।
गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ।

मन्त्रलायले सर्लाही, धनकुटा, कञ्चनपुर जुम्ला, मुस्ताङ, रुकुम पूर्वलगायत जिल्लाका सिडिओको सरुवा गरेको हो।

धनकुटामा उपसचिव कृष्ण पन्तलाई कामु सिडिओमा सरुवा गरिएको छ भने राम पाण्डेलाई कञ्चनपुर पठाइएको छ। कञ्चनपुरका रामकुमार महतोको सरुवा सर्लाही भएको छ।

जुम्लामा उपसचिव विजया प्रसाई तथा पश्चिम रुकुममा केन्द्रीय कारागारका जेलर लक्ष्मी प्रसाद बाँस्कोटाको सरुवा भएको छ। त्यस्तै मुस्ताङमा श्रीनाथ पौडेलको सरुवा भएको छ।

सर्लाहीका सिडिओ हेमराज तामाङ र धनकुटाका वासुदेव दाहालको गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.