बागमती र लालबकैयामा पानीको बहाब बढ्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

बागमती र लालबकैयामा पानीको बहाब बढ्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

१६ असार, रौतहट ।
बागमती र लालबकैया खोलामा पानीको बहाब बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह गरेको छ ।

गएरातिदेखि सुरु भएको भारी वर्षाका कारण ति खोलामा बहाब बढेको हो ।

रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बागमतीको पानीको सतह पाँच सय मिलिभन्दा माथि रहे तटीय क्षेत्रमा खतरा हुने र अहिले बागमतीमा पाँच सय ३० मिलि पानी मापन भएका कारण सतर्क रहन आग्रह गरेको बताए ।

बागमती,लालबकैया,चादी लगाएतका खोला तथा नदीमा पानीको सहत बढ्दै जाँदा जिल्लाका दक्षिणी भेगका गाउँहरु डुवानमा पर्ने खतरा बढ्दै गएकाले जिल्ला प्रशासनले सतर्क रहन आग्रह गरेको हो ।

बागमती र लालबकैया खोलामा आउने बाढीका कारण जिल्ला सदरमुकाम गौर लगायतका अन्य नगरपालिका हरेक वर्ष डुवानमा पर्दे आएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.