एमाले महाधिवेशन आयोजक कमिटी विघटन

एमाले महाधिवेशन आयोजक कमिटी विघटन

१७ असार, काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले १०औं महाधिवेशन आयोजक कमिटी विघटन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बुधबारको बैठकले आयोजक कमिटी विघटन गर्ने स्थायी कमिटीको निर्णय अनुमोदन गरेको छ ।

एमाले सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार आयोजक कमिटी विघटन गरेर १८ असार (शुक्रबार) केन्द्रीय कमिटीको बैठक बस्दै छ । १०औं महाधिवेशन आयोजक कमिटी विघटन गरेपछि नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीसहितको केन्द्रीय कमिटी सक्रिय भएको छ ।

बैठकले आठ जना नेतालाई स्थायी कमिटीमा मनोनित गर्ने निर्णय गरेको छ । पूर्वमाओवादी केन्द्रतर्फका चार र एमालेका चार गरी आठ जना नेतालाई स्थायी कमिटीमा मनोनीत गरिएको हो । यी आठै जना नेता एमाले र माओवादी केन्द्रबीच एकता भएपछि स्थायी कमिटीमा रहेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.