१७ असार, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भवन शीतलनिवास पुगेका छन् । प्रधानमन्त्री ओली दिउँसो साढे १ बजे शीतलनिवास पुगेका हुन्।
अहिले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भइरहेको सुरक्षा स्रोतले बतायो ।
सरकारले नयाँ अध्यादेश ल्याउने चर्चा रहेको बेला ओली शीतलनिवास पुगेका हुन् । राष्ट्रपति र प्रधानमन्त्रीबीच मंगलबार पनि भेटवार्ता भएको थियो ।