बैठकका लागि माधव नेपाल र झलनाथ खनाललाई एमालेको निम्तो

बैठकका लागि माधव नेपाल र झलनाथ खनाललाई एमालेको निम्तो

१७ असार, काठमाडौं ।

एमालेले शुक्रवार (भोलि) बस्ने केन्द्रीय कमिटीको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई पनि निम्तो पठाएको छ ।

सबै केन्द्रीय सदस्यलाई इमेलमार्फत बैठकको निम्तो पठाइएको र नेपाल, खनालसहित केही वरिष्ठ नेतालाई इमेल, म्यासेज र फोनमार्फत निम्तो गरिएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

‘वरिष्ठ नेताहरूलाई इमेलले मात्रै नपुग्ला भनेर इमेल हेर्न अनुरोध गर्दै म्यासेज पनि गरिएको छ र फोन पनि गरिएको छ, उहाँहरू सबै उपस्थित हुनुहुनेछ भन्ने हाम्रो अपेक्षा हो’, तामाङले भने ।

दशौँ महाधिवेशन आयोजक कमिटी भङ्ग गरेर बुधवार (हिजो) २०७५ सालको जेठ २ गतेकै कमिटी बिउँताउने निर्णय गरेको एमालेले आठ जना स्थायी कमिटी सदस्य पनि थपेको छ । तर माधव नेपाल–झलनाथ खनाल पक्षले आफूहरूलाई अलमलाउन ओलीले जेठ २ मा फर्केजस्तो नाटक गरेको र ठ्याक्कै पुरानो कमिटी बिउँताउन आलटाल गरिरहेको जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.