बिहिबारको बहस सकियो, प्रधानमन्त्रीतर्फका कानुन व्यवसायीको समय डेढघण्टा बाँकी

बिहिबारको बहस सकियो, प्रधानमन्त्रीतर्फका कानुन व्यवसायीको समय डेढघण्टा बाँकी

१८ असार, काठमाडौं ।

प्रतिनिधि सभा विघटन मुद्दामा बिहीबारको बहस सकिएको छ।

आज दिनभर प्रधानमन्त्री तर्फका कानुन व्यवसायीले बहस गरेका छन् । प्रधानमन्त्री तर्फका कानुन व्यवसायीका लागि बहस गर्न अब १ घण्टा ३० मिनेट समय बाँकी छ ।

संवैधानिक इजलासमा जारी सुनुवाइ भोलि पनि निरन्तर रहेनछ। बिहीबार प्रधानमन्त्रीका कानुन व्यवासायीले तीन घण्टा बहस गरे।

आज वरिष्ठ अधिवक्ता अग्नि खरेल, सुरेन्द्रकुमार महतो, अधिवक्ता परशुराम कोइराला, सुवास आचार्य, वरिष्ठ अधिवक्ताहरू महेश नेपाल, टंक दुलाल र रविनारायण खनालले बहस गरे ।

प्रधानमन्त्रीका कानुन व्यवसायीको बहसपछि सभामुखका कानुन व्यवसायीले बहस गर्नेछन्। उनीहरुलाई एक घण्टा समय दिइएको छ।

त्यसपछि सर्वोच्च र नेपाल बारबाट झिकाइएका एमिकस क्युरीले राय दिनेछन्। उनीलाई २ घण्टा दिइनेछ। अन्त्यमा रिट निवेदकका तर्फबाट जवाफी बहस हुनेछ। यसका लागि उनीहरूलाई ३ घण्टा समय दिइनेछ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.