उदयपुर, असार १७
उदयपुरको त्रियुगा नगरपालिका २ सनुवा चौकमा ट्याक्टरले ठककर दिएर पाँच जना घाइते भएका छन।शनिबार अपरान्ह ४ बजेतिर घरनजिकै सडक किनारमा बसिरहेका उनीहरुलई स १ त १६९८ नम्बरको ट्याक्टरले ठक्कर दिँदा घाईते भएका हुन् ।
घाइते हुनेमा त्रियुगा नगरपालिका २ बस्ने बर्ष ४३ की पूर्णकला राउत, सोही ठाउँकी २९ वर्षकी कुमारी राउत, उनकी छोरी बर्ष ५ की अंकिता राउत, वर्ष १५ की रमा राउत र त्रियुगा–३ बस्ने बर्ष २७ की सिता राउत छन्।
घाइतेहरुलाई उपचारका लागी जिल्ला अस्पताल लगिएको छ भने ट्याक्टरका चालक प्रहरीको नियन्त्रणमा रहेका छन।