१८ असार, काठमाडौं ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीको फोन उठाउनै मन नलाग्ने बताएका छन्। नेपालले बिहीबार साँझ ओलीसँग भएको फोन संवादमा यस्तो कुरा बताएका हुन् ।
‘मैले भेटौं भनेर हिजो बेलुकी माधवलाई फोन गरें। २०–२५ मिनेट कुरा गरें। भेटौं भन्दा उहाँले मान्नुभएन। मलाई तपाईंको फोन नै उठाउने मन थिएन, साथीहरूको दबाबले मात्र उठाएको हुँ भन्नुभयो ।’ ओलीले शुक्रबार बालुवाटार बैठकमा नेपालसँग गरेको कुराकानी सुनाउँदै भने ।
प्रधानमन्त्री ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई एकताको महाअभियान नै चलाउन आग्रह गरे । माधव नेपाललाई पार्टीमा फर्काउनुपर्ने र त्यसको जिम्मा आफूलाई दिन भनेपछि जवाफमा ओली एकताको महाअभियान चलाउन भनेका हुन् ।