वैकल्पिक विमानस्थलको विरोधमा नारायणपुरवासी

वैकल्पिक विमानस्थलको विरोधमा नारायणपुरवासी

तुलसीपुर, असार  १७

सरकारले दाङमा वैकल्पिक विमानस्थलको प्रक्रियालाई अघि बढाउने नीति अघि सारेको भन्दै नारायणपुरवासी आन्दोलित बनेका छन् ।

सरकारले आगामी आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रममा दाङमा वैकल्पिक विमानस्थलको प्रक्रियालाई अघि बढाउने कुरा समावेश गरेको छ । तुलसीपुरमा विमानस्थल हुँदाहुँदै वैकल्पिक विमानस्थलको खोजी गर्नु उचित नभएको स्थानीयवासी कमल ओलीको भनाइ छ ।

तुलसीपुरको टरिगाउँ विमानस्थललाई स्तरवृद्धि गरी हवाई सेवा नियमित बनाउनुपर्ने ठाउँमा वैकल्पिक विमानस्थल बनाउने नीति अगाडि बढाउनु औचित्यपूर्ण नभएको उनीहरुको भनाइ छ । उनीहरुले वैकल्पिक विमानस्थल निर्माणका लागि जग्गा नदिने समेत बताएका छन् ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.