१९ असार, काठमाडौँ ।
अविरल वर्षापछिको पहिरोमा परेर धादिङमा २ जनाको मृत्यु भएको छ ।
प्रहरी स्रोतका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका १०, तिघरन खानीमा खसेको पहिरोले पुरिँदा ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनका अन्दाजी १८ वर्षीय बिरबल प्रजा र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको हो ।
पहिरोमा परेर पाँच वटा सवारी साधन पुरिएका छन् । निरन्तरको वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड तीन दिनदेखि अवरुद्ध हुँदै आएको छ । बिहिबार र शुक्रबार केही समय सडक खुलाउन सकिएपनि अन्य समय पहिराले सडक अवरुद्ध रहेको छ ।