दिउँसो ३ बजे एमाले बैठक बस्दै, आज पनि नेपाल खेमा नजाने

दिउँसो ३ बजे एमाले बैठक बस्दै, आज पनि नेपाल खेमा नजाने

१९ असार, काठमाडौँ ।
आज पनि नेकपा एमालेको केन्द्रीय समिति बैठक बस्दैछ ।

दिउँसो ३ बजेपछि बस्ने बैठकमा नेता माधवकुमार नेपाल खेमा भने सहभागी नहुने जनाइएको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको शनिबारको बैठकमा महाधिवेशनको नयाँ मिति तोक्ने, पार्टी विधान संशोधन गर्न विधान सम्मेलन तोक्ने लगायत विषयमा छलफल हुने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् ।

यसअघि शुक्रबारको बैठकले नेपाल खेमालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा गरेको हस्ताक्षर फिर्तालिन दुई दिने अल्टिमेटम दिएको थियो।

हस्ताक्षर फिर्ता नलिए एकताको आधार नबन्ने पनि ओलीले घोषणा गरेका थिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.