जनकपुरधाम जलमग्न, घर घरमा पानी

जनकपुरधाम जलमग्न, घर घरमा पानी

१९ असार, जनकपुरधाम ।

अविरल वर्षाले जनकपुरधाम उपमहानगरपालिका जलमग्न भएको छ ।

उपमहमानगरपालिकाद्वारा निर्माण गरिएको ढलमा पानी निकास हुन नसक्दा घर घरमा पानी पसेर जनजीवन कष्टकर बनेको छ ।

ढलमा पानी निकास अवरूद्ध हुँदा भानु, कदम, रामानन्द चोक, सरकारी कार्यालय क्षेत्र तथा प्रादेशिक अस्पताल क्षेत्रका सडक जलमग्न भएको छ ।

बगिरहेको सडकका पानीले हुलाक, वन निर्देशनालय, परिवार नियोजन संङ्घ, आन्तरिक राजस्व कार्यालय, राष्ट्रिय समाचार समिति डुबानमा परेको छ ।(रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.