१९ असार, काठमाडौं ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय कमिटीको बैठक रोक्न आग्रह गरेका छन् ।
शनिबार दिउँसो दुई नेताबीच भएको टेलिफोन संवादमा नेता नेपालले यस्तो आग्रह गरेका हुन् ।
‘अदालतको फैसला आउँदासम्म पर्खिनुस् न । बैठक रोक्नुस् । वार्ता गर्न दिनुस् ।’ नेपालको भनाई उदृत गर्दै बालुवाटारमा बसेको बैठकमा ओलीले भने । एकताका लागि आफूले गर्नसक्ने जे पनि गर्ने ओलीले बताए ।