सर्लाहीको रामगनर गाउँपालिका अध्यक्षको निधन

सर्लाहीको रामगनर गाउँपालिका अध्यक्षको निधन

२० असार, सर्लाही ।
सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माको निधन भएको छ ।

उनको उपचारका क्रममा मेडिसिटी अस्पतालमा निधन भएको गउँपालिका–१ का वडाध्यक्ष दिनेश मिश्रले जानकारी दिए ।

मिश्रका अनुसार बर्माको शनिबार राति उपचारका क्रममा निधन भएको हो । बर्मालाई उच्च रक्तचाप, मधुमेह तथा मुटु रोगबाट पीडित थिए । उनको मिर्गौलामा पनि समस्या भएको मिश्रले जानकारी दिए ।

नेपाली कांग्रेसबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका मिश्रलाई स्वस्थ्यमा समस्या भएपछि उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.