२१ असार, काठमाडौँ ।
प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनको माग गर्दै सर्वोच्च अदालतमा परेका रिटमा आफ्नो स्वतन्त्र राय दिन झिकाइएका अदालतका सहयोगी (एमिकस क्युरी)ले केपी शर्मा ओलीको प्रधानमन्त्री नियुक्तिमा नै प्रश्न उठाएको छ ।
रिट निवेदक १४६ सांसद र विपक्षी राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीका तर्फबाट बहस र जवाफी बहस सोमबार दिउँसो सकिएपछि आफ्नो रायक दिने क्रममा एमिकस क्युरीका वरिष्ठ अधिवक्ता राघवलाल वैद्यले ओलीलाई वैशाख ३० गते प्रधानमन्त्री नियुक्त गर्ने कार्य नै अवैधानिक रहेको जिकिर गरेका हुन् ।