मध्यावधि चुनावको लागि दल दर्ता गर्ने समय साउन १५ गतेसम्म

मध्यावधि चुनावको लागि दल दर्ता गर्ने समय साउन १५ गतेसम्म

२१ असार, काठमाडौं ।

निर्वाचन आयोगले प्रतिनिधि सभाको मध्यावधि चुनावको लागि दल दर्ता गर्न साउन १५ गतेसम्मको समय दिएको छ ।

निर्वाचन आयोगले सोमवार (आज) स्वीकृत गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को निर्वाचन कार्यतालिकाअनुसार असार ३१ देखि साउन १५ गतेसम्म दल दर्ताको समय दिएको हो ।

सरकारले आउँदो कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि चुनाव घोषणा गरेको छ । आयोगले चुनावको कार्यतालिका पनि सार्वजनिक गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.