बिउँतियाे एमाले कार्यदल, सिंहदरबारमा बैठक

बिउँतियाे एमाले कार्यदल, सिंहदरबारमा बैठक

२२ असार, काठमाण्डाैं ।

नेकपा एमाले विवाद समाधान गर्न गठित दश सदस्यीय कार्यदलको बैठक मङ्गलवार फेरि बस्ने गरी सकिएकाे छ । फुटको सङ्घारमै पुगेको एमालेलाई एकढिक्का बनाउने प्रयासका लागि यसअघि गठित कार्यदल बिउँतिएपछि कार्यदलको बैठक साेमवार सिंहदरबारमा बसेकाे हाे ।

अध्यक्ष ओलीका तर्फबाट सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, शङ्कर पोखरेल र प्रदीप ज्ञवाली तथा नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट सदस्य रहेको कार्यदल बिउँताइएकाे हाे ।

कार्यदलले पार्टी एकढिक्का बनाउन सहमतिका बिन्दु खोजिरहेको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वाेच्च अदालतमा हस्ताक्षर बुझाएका सांसदहरूले आज बेलुका पाँच बजेसम्म हस्ताक्षर फिर्ता लिन चेतावनी दिए पनि सांसदहरूले हस्ताक्षर फिर्ता गरेका छैनन् ।

हस्ताक्षर फिर्ता नगरेको भन्दै कारबाहीको आशङ्का बढिरहेका बेला अध्यक्ष ओलीले कार्यदल बिउँताएर सहमतिको प्रयास थालेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.