ग्लोबल आइएमई बैंक र नौकुण्ड गाउँपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर

ग्लोबल आइएमई बैंक र नौकुण्ड गाउँपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर

२२ असार, काठमाण्डाै ।

ग्लोबल आइएमई बैंक लिमिटेड र नौकुण्ड गाउँपालिकाबीच कृषि अनुदान कर्जामा साना किसानको पुहँच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकको नौकुण्ड शाखाका प्रबन्धक रमेश पनेरु र नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्वु स्याङ्वो घलेले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले नौकुण्ड गाउँपालिकाको विभिन्न ठाउँहरुमा बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, बङ्गुरपालन, माछापालन तथा विभिन्न फलफूलहरुको उत्पादन गर्ने कृषकहरुलाई गाउँपालिकाको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने छ भने गाउँपालिकाले साना किसानहरुलाई आवश्यक तालिमको व्यवस्था गर्नेछ ।

देशभर तथा देश बाहिर शाखा सञ्जाल रहेको ग्लोबल आइएमई बैंकले बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा २७३ शाखा, २४२ एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ । ‘सबैका लागि बैंक’ भन्ने नाराका साथ बैंकले २२ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका देशबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.