छलफलका लागि जसपाका दुवै समूहलाई निर्वाचन आयोगले बोलायो

छलफलका लागि जसपाका दुवै समूहलाई निर्वाचन आयोगले बोलायो

२२ असार, काठमाडौं ।
निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का दुवै समूहलाई छलफलका लागि बोलाएको छ ।

आधिकारिकताको दावी गरेका दुवै समूहलाई छलफलका लागि मंगलबार ११ बजे बोलाएको निर्वाचन आयोगले जनाएको छ ।

अन्तिम सहमतिका लागि बोलाएको छलफलमा दुवै पक्ष सहभागी भए आयोगले सहमतिका लागि पहल गर्ने र सहमति नभए जुन पक्षको दाबी पुग्छ त्यसैअनुसार निर्णय गर्ने प्रक्रिया सुरु गर्ने आयोगको तयारी छ ।

जसपामा महन्थ ठाकुर र उपेन्द्र यादव समूहबीच आधिकारिकताको विवाद छ । दुवैले एकले अर्कालाई कारवाही गरेका छन् । आफ्नो पक्षलाई आधिकारिकता दिन भन्दै दुवैले आयोगमा उजुरी दिएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.