लगातारको वर्षासँगै देशका धेरै नदी तथा खोलामा बाढी, यी नदीमा बढ्दै छ बहाव

लगातारको वर्षासँगै देशका धेरै नदी तथा खोलामा बाढी, यी नदीमा बढ्दै छ बहाव

२४ असार, काठमाडौं ।

लगातारको वर्षासँगै देशका विभिन्न नदी र खोलामा बाढी आएको छ । नारायणी, दूधकोशी र तमोर नदीमा पानीको सतह बढ्दै गएकाले सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

चितवनको माडी क्षेत्रको छरछरे लगायत आसपासका क्षेत्रमा बिहानैदेखि ठूलो पानी परिरहेकाले खहरे खोलामा आकस्मिक बाढी आउनसक्ने अनुमान गरिएको छ ।

यस्तै, नवलपुरको अरुङ्ग र आसपासको क्षेत्रमा पनि बिहानैदेखि ठूलो पानी परिरहेको छ । ती क्षेत्रका स–साना नदीहरूमा आकस्मिक बहाव आउन सक्ने हुँदा तटीय क्षेत्र तथा पहिरोग्रस्त क्षेत्रमा हुनेहरूलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

नारायणी नदीमा पनि पानीको बहाव बढ्दै गएको छ । बुढीगण्डकी, त्रिशूली, वाग्मती, मर्स्याङ्दी, कालीगण्डकी, सुनकोशी, भोटेकोशी, तामाकोशी, दुधकोशी, अरुण, तमोर, तिनाउ, कन्काई, कमलालगायतका नदी खोलामा बाढीको जोखिम भएकाले विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.