तनहुँको ऋषिङमा पहिरोमा पुरिएर एक जना बेपत्ता

तनहुँको ऋषिङमा पहिरोमा पुरिएर एक जना बेपत्ता

२४ असार, तनहुँ।
तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन् ।

ऋषिङ–८ माझकोटका करिब ४० वर्षीय खुमबहादुर थापा पहिरामा पुरिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।

श्रेष्ठका अनसार आज बिहान साढे ५ बजे घरबाट गोठमा गएका उनलाई माथिबाट पहिरा खस्दा पुरेको हो ।

श्रृङ्गपथ तलबाट पहिरो खसेको छ, श्रेष्ठले भने । बेपत्ताको स्थानीयले खोजी कार्य गरिरहेका छन् ।(रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.