मध्यपहाडी लोकमार्ग र राप्ती राजमार्गको रुकुम पश्चिम खण्ड बन्द

मध्यपहाडी लोकमार्ग र राप्ती राजमार्गको रुकुम पश्चिम खण्ड बन्द

२४ असार, रुकुम पश्चिम ।

मध्यपहाडी लोकमार्ग र राप्ती राजमार्गको रुकुम पश्चिम खण्ड बन्द भएको छ ।

बुधवार बेलुकादेखि निरन्तर परेको झरीका कारण आएको पहिरोले गर्दा मध्यपहाडी लोकमार्गको मुसिकोट–चौरजहारी सडक खण्ड र राप्ती राजमार्गको मुसिकोट–सल्यान सडक खण्ड बन्द भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक (इन्स्पेक्टर) एवम् सूचना अधिकारी कपिलजंग शाहीका अनुसार मध्यपहाडी लोकमार्गको रुकुम पश्चिम खण्डको सानीभेरी गाउँपालिकाको सुलिहाले लगायत पुर्तिमकाँडा, गिठाकोट, मुसिकोट नगरपालिकाको छिवांग लगायतका ठाउँमा पहिरो आएको छ ।

अहिले पनि पहिरो झरिरहेकाले सम्बन्धित पक्षले पहिरो पन्छाउने अवस्था नरहेको प्रहरी निरीक्षक शाहीले बताए ।

त्यसैगरी निरन्तरको झरीका कारण राप्ती राजमार्गको पितिवांग खोलामा आएको बाढीले धार परिवर्तन गरेर बाटो बन्द भएको छ । त्यही ठाउँको काले खोलामा आएको पहिरोका कारण राप्ती राजमार्ग बन्द भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.