दार्चुलामा बाढी–पहिरो : तीन जनाको ज्यान गयो, जलविद्युत् आयोजनाको पावर हाउस बगायो

दार्चुलामा बाढी–पहिरो : तीन जनाको ज्यान गयो, जलविद्युत् आयोजनाको पावर हाउस बगायो

२४ असार, दार्चुला ।

दार्चुलामा पहिरोले पुरिएर एकै परिवारका दुईसहित तीन जनाको ज्यान गएको छ । नौगाड गाउँपालिका ३ मा पहिरोले घर पुरिँदा दुई जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा ७२ वर्षीया गेउली ठगुन्ना र उहाँकी तीन महिनाकी नातिनी मन्जरी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

यस्तै नौगाड ३ कै २९ वर्षीय लक्ष्मण सितौलीको पनि पहिरोमा परेर ज्यान गएको छ । बाढी र पहिरोले ज्यामिर जलविद्युत् आयोजनाको पावर हाउस बगाएको छ ।

त्यस्तै नौगाड ६ मा पानी घट्ट, तीन वटा पुल र खानेपानी आयोजना बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) एवम् सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले जनाकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.