देशका धेरै ठाउँमा ठूलो वर्षा, अझै केही दिन निरन्तर झरी पर्ने

देशका धेरै ठाउँमा ठूलो वर्षा, अझै केही दिन निरन्तर झरी पर्ने

२५ असार, काठमाडौं ।

अझै केही दिन निरन्तर झरी पर्ने मौसमविद्ले बताएका छन् । तत्काल मौसम खुल्ने सम्भावना नदेखिएको मौसमविद् शान्ति कँडेलले बताए ।

आउँदो तीन दिनसम्म नै हिजो आजको जस्तै झरी पर्ने उनले बताए । अझै केही दिन देशभर बद्ली रहेर केही ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा भने ठूलो पानी पर्नेछ ।

पछिल्लो २४ घण्टामा वाग्मती र गण्डकी प्रदेशमा ठूलो पानी परेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै चितवनको गोविन्द बस्तीमा एक सय ६३ दशमलव ८ मिलीमिटर पानी परेको छ भने कल्याणपुरमा एक सय २१ दशमलव २ मिलीमिटर पानी परेको छ ।

अहिले पनि प्रदेश–१ को पहाडी ठाउँ, वाग्मती, गण्डकी, कर्णाली र प्रदेश नम्बर दुईमा पानी परिरहेको छ । आज दिउँसो पनि देशैभर पानी पर्नेछ भने प्रदेश–१, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा ठूलो पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.