पोखरेलपछि पन्त पनि बैठकबाट बाहिरिए, भन्छन् – फाइनल रूप दिने प्रयास भइरहेको छ

पोखरेलपछि पन्त पनि बैठकबाट बाहिरिए, भन्छन् – फाइनल रूप दिने प्रयास भइरहेको छ

२५ असार, काठमाडौं ।

एमाले कार्यदलको बैठकबाट शंकर पोखरेलपछि रघुजी पन्त पनि बाहिरिएका छन् ।

सिंहदरबारमा जारी कार्यदलको बैठकबाट बाहिरिएका पन्तले सहमतिका लागि तयार गरिएको मस्यौदामाथि कार्यदलमा छलफल भइरहेको बताएका छन् ।

‘एकताका लागि तयार पारिएको मस्यौदामा छलफल भयो । हामीलाई लागेका कुराहरू राख्यौँ । हाम्रा सुझावलाई समेटेर सम्भव भएसम्म आजै त्यसलाई पूर्णता दिइने तयारी भएको छ ।

बैठक चलिरहेको छ, फाइनल रूप दिने प्रयास भइरहेको छ ।’ पन्तले कार्यदलको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै भने ।

यसअघि बैठकबाट बाहिरिएका पोखरेलले पार्टी एकता आजभोलि नै टुंग्याउने बताएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.