प्रधानमन्त्री ओली आज बाढी पहिरोको निरीक्षण गर्न सिन्धुपाल्चोक जाँदै

प्रधानमन्त्री ओली आज बाढी पहिरोको निरीक्षण गर्न सिन्धुपाल्चोक जाँदै

२६ असार, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली आज बाढी÷पहिरोले क्षति गरेको क्षेत्र सिन्धुपाल्चोक जाँदै छन् ।

बाढी÷ पहिरोले क्षति पुर्याएको मेलम्ची खानेपानी आयोजनासहित सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्न नेपाली सेनाको हेलिकप्टरबाट बिहान १० बजे सिन्धुपाल्चोक जाने तयारी भएको प्रधानमन्त्रीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले जानकारी दिए ।

प्रधानमन्त्री ओली मेलम्ची बजार र हेलम्बुको गणेश बगरमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुने र बाढी÷पहिरो पीडितलाई राहत प्याकेजको घोषणा गर्ने तयारी छ ।

मनसुन सुरु भएलगत्तै गएको असार पहिलो हप्ता आएको बाढी÷पहिरोले सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनासहित विभिन्न ठाउँमा ठूलो क्षति पुर्याएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.