देशका धेरै ठाउँमा आज दिनभरि नै पानी पर्ने : तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

देशका धेरै ठाउँमा आज दिनभरि नै पानी पर्ने : तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२७ असार, काठमाडौं ।

देशका धेरै ठाउँमा पानी परिरहेको छ । प्रदेश एक, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिनभरि नै धेरै ठाउँमा पानी पर्ने महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताए ।

हिजो बेलुकादेखि मनसुन थप सक्रिय भएसँगै काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको हो । आउँदो तीन दिनसम्म नै मनसुन सक्रिय रहने महाशाखाको अनुमान छ ।

अहिले ठूलो पानी परेका क्षेत्र प्रदेश एक, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमको मध्यपहाडी तथा चुरे भइ बहने स–साना नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुनसक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरुमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.