मुख्यमन्त्री र कांग्रेस नेताद्वारा चीन सीमा निरीक्षण

मुख्यमन्त्री र कांग्रेस नेताद्वारा चीन सीमा निरीक्षण

२७ असार, सुर्खेत ।
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हुम्लाको उत्तरी सिमाक्षेत्र स्थलगत निरीक्षण गरेका छन्।

चीन र नेपालवीचको सीमा रहेको नाम्खा गाउँपालिका ६ लिमीको लाप्चा, (लोलुङजोङ) क्षेत्र निरीक्षण गरेका हुन्।

तत्कालिन प्रमुखपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले सीमा मिचिएको विवादलाई राष्ट्रिय मुद्दा बनाए पनि मौन बसेका मुख्यमन्त्री शाही अहिले उनै नेता शाहीलाई साथमा लिएर त्यस क्षेत्रमा पुगेका हुन्।

गत असोजमा कांग्रेस नेता शाहीले स्थलगत निरीक्षण गरी चीनले त्यसक्षेत्रमा सीमा मिचेको निष्कर्ष निकालेको थियो। यद्यपि, सरकारले चासो दिएको थिएन।

तर, यसपटक सत्ता सारथि बनेको कांग्रेसले सीमा क्षेत्र सुरक्षाको लागि पहल थालिएको बताएको छ। ‘सिंगो नेपाली जनता र संघीय सरकारको चासोको विषय बन्नुपर्ने हो तर, अहिलेसम्म बनेन्, सुनेन्, अब प्रदेश सरकारले अपन्त्व लिएको छ, यो सकारात्मक कदम हो’ नेता शाहीले भने।

केन्द्र सरकारले विशेष पहल लिनुपर्ने भन्दै त्यसका लागि अब प्रदेश सरकारले प्राथमिकताका साथ निरीक्षण गरेको उनको भनाई छ।

कांग्रेस नेता शाहीले संघीय सरकारले सीमाको मिचिएको विषयलाई हल्का रुपमा लिएको भन्दै आक्रोश पोख्दै आएका थिए। गत वर्ष उनले स्थलगत निरीक्षणपश्चात स्थानीय प्रशासन, प्रदेश सरकार, नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओली, पराष्ट्रमन्त्री लगाएतका सरोकारवाला निकायको ध्यानाकर्षण गराएका थिए।

त्यसबखत कुनै निकायले सुनुवाई गरेन तर, अहिले कर्णालीमा सत्ता सारथि बनेको प्रदेश सरकारलाई त्यस क्षेत्रको निरीक्षण गराएको हो। निरीक्षणमा मुख्यमन्त्री शाही, कांग्रेस नेता शााही, पूर्व भूमि मन्त्री विमला केसी र स्थानीय प्रशासन लगाएतको टोली पुगेको हो।

‘हुम्लावासीको मुद्दा मात्रै होइन, नेपालको भूमि भएकाले नेपाल सरकारले नै अपनत्व लिएर दुवै देशका विज्ञ र जानकारहरु बसेर टुंगो लगाईनुपर्छ’ नेता शाहीले भने।

लोलुङजोङ क्षेत्रमा चीनले संरचना अर्थात भवनहरु बनाएको भन्दै कांग्रेसले गत वर्षदेखिनै यो विषय उठाउँदै आएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.