आयल निगमका गाडी चल्न नदिने संयुक्त विद्यार्थी संगठनको निर्णय

आयल निगमका गाडी चल्न नदिने संयुक्त विद्यार्थी संगठनको निर्णय

२७ असार, काठमाडौं ।

संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिका विरुद्धमा आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ।

मूल्यवृद्धि फिर्ता गर्नको लागि नेपाल आयल निगमलाई दिइएको ७२ घण्टे अल्टिमेटमको बेवास्ता गरेको भन्दै संगठनले आइतबार आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो।

घोषित कार्यक्रमहरुमा असार २८ गतेदेखि निगमका गाडीहरु चल्न नदिने, असार २९ गते पेट्रोलियम ढुवानी र बिक्री गर्ने संगठनहरुलाई पेट्रोल पम्प र ट्याङ्कर सञ्चालन नगर्न अनुरोध गर्ने र असार ३० गतेदेखि देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्याङ्कर बन्द गर्ने रहेका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.